ताजा अपडेट »

आधारभूत अस्पताल निर्माण गर्न स्थानीय तहलाई सरकारको ताकेता

बुधबार, १३ साउन २०७८, १७ : ०९
4 Shares

बुटवल । सरकारले देशभरका सबै स्थानीय तहहरुलाई आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन ताकेता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरी आधारभूत अस्पताल निर्माणको लागि आवश्यक जग्गाको सुनिश्चिता र डिपिआर तयार गरि यथाशिघ्र पठाउन आह्वान गरेको हो ।

‘सबै स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण गर्ने नेपाल सरकारको निती अनुसार आ.व. २०७७/०७८ मा ३९६ वटाको निर्माण प्रक्रिया थाल्ने निर्णय अनुरूप हाल सम्म सबै स्थानीय तहबाट जग्गाको उपलब्धता डिपिआर तयार तथा टेन्डर सम्झौता (निर्माण बोलपत्र सम्झौता) भई नसकेको र आ.व. २०७८/०७९ मा बाकि २५९ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गाको सुनिश्चितता, डिपिआर तयार गरि पेश गर्ने भन्ने पत्राचार बिभिन्न मितिमा भएको व्यहोरा अनुरोध छ ।’ सूचनामा भनिएको छ । यस्तै डिपिआर तयार गरी पेश गरिएका स्थानीय तहलाई बजेटको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।