ताजा अपडेट »

बुटवलका १५ सहित रुपन्देहीमा थपिए ३० संक्रमित

बुधबार, १३ साउन २०७८, १६ : २९
16 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १५, तिलाेत्तमा नगरपालिकाका ८, सिद्धार्थनगर नगरपालिका, देबदह नगरपालिकका र सैनामैना नगरपालिकामा २/२ जना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट एक जनाकाे ज्यान मृत्यु भएसंगै हालसम्म जिल्लामा ५१४ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएकाे छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७२ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।