१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । दुई दशकदेखि ट्रेकिङ गाइड भएर काम गर्दै आएका जाङबु शेर्पा पेशा परिर्वतन गर्ने सोचमा पुगेका छन् । कोरोनाका कारण करीब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प भए पछि उनको गाइड पेशा ठप्प बने पछि सरकारले समेत गाइडहरुलाई कुनै सहुलियत राहत प्याकेजका कार्यक्रमहरु नदिए पछि पेशा नै परिर्वतन गर्ने सोचमा पुगेको बताए । उनी भन्छन्, अव फेरि ट्रेकिङ गाइडनै भएर पेशामा फर्किने सम्भावना कम छ ।

Advertisement

शेर्पा जस्तै करिव चार हजार सक्रिय ट्रेकिङ गाइडहरु काम विहीन बने पछि अधिकांस विदेश जाने र पेशा परिर्वतन गरेर जीवन चलाउने पक्षमा उभिएको पाइएको छ । पर्यटन विभागको तथ्याङक अनुसार हाल नेपालमा २२ हजार ट्रेकिङ गाइड दर्ता छन् यि मध्ये १७ हजारले नवीकरण गरे पनि चार हजार मात्र सक्रिय रहेका छन् । कोरोना कहरकै बीचमा पनि सरकारले विकल्प नदिए दोस्रो पेशामा फर्केका ट्रेकिङ गाइड पुनः पर्यटन क्षेत्रमै फर्किने सम्भावना न्युन हुँदा गाइडहरु पलायननै हुने खतरा बडेको छ ।

३० वर्षभन्दा अघिदेखि नेपालको एउटै क्षेत्रमा मात्र पदयात्रा हुने गरेको छ त्यसैले नयाँनयाँ रुट खोल्न, आधारशिविरसम्मको क्याम्पहरुमा पानी र वासास्थानको व्यवस्थापन लगायतका काम मजदुरहरुलाई व्यवस्थापन गर्न सुझाव दिए पनि सरकारले कुनै चासो नदेखाएको उनी गुनासो गर्रे ।राज्यले प्रयोग गर्न नसक्दा गाइडहरु वैकल्पिक उपाय खोज्न थालेको ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका महासचिव सार्की शेर्पाले बताए । हामीले बाराम्वार मन्त्रालय र विभागसँग राहत कार्यक्रमहरु माग गरेका थियौँ तर सुनुवाई भएन, उनले भने ।

नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन भन्दै पदयात्री पर्यटकसँग संकलन गर्दै आएको रकममा १० प्रतिशत मजदुरको हितमा खर्च गर्ने भने पनि हालसम्म हुन सकेको छैन । यता पर्यटन विभागका महानिर्देशक रुद्र सिं तामाङले भने गाइडहरुका विषयमा मन्त्रालयसँग थप छलफल भएकाले नयाँ कार्यक्रमहरु आउने सक्ने सम्भावना भएको बताए।

सरकारले प्रयोग गरे ट्रेकिङ गाइडहरुले सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका गतिविधि गर्न, हिमाल सफाइ र आधारशिविर सम्मको सफाइ, नयाँ ट्रेकिङ रुट खुल्ला गर्न, पदयात्रामा हुने गरेका समस्याहरु क्याम्पिङ, खानेपानी, लगायतमा कामको व्यवस्थापन गरेर पुनःपर्यटन क्षेत्रलाई व्युत्याउन सहयोग गर्ने पक्षमा रहेको ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका कार्यवहाक अध्यक्ष जाङबु शेर्पाले बताए।

नेपालमा हाल दुई हजार तीन सय बढी ट्रेकिङ एजेन्सीहरु दर्ता भएर पदयात्रा र पर्वतारोहण लगायतका क्षेत्रमा काम गर्दै आएको छ, यि एजेन्सीहरुमा दुई वर्षदेखि काम नहुदाँ मजदुरहरु समेत कामविहीन बनेका हुन् । गाइडहरुका लागि सरकारले तत्कालिन र दीर्घकालीन सहुलियत ऋण र राहतको व्यवस्था गरेर पदयात्रा पेशालाई सुरक्षित गर्न समेत उनहरुले माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै