२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुुटवल । नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुम्बिनीका सम्पादकहरुले प्रतिबद्धता जनाएका छन् । जागरण मिडिया सेन्टरले मंगलबार र बुधबार आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरुसँगको संवाद कार्यक्रमपछि १० बुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन प्रतिबद्धता जनाएका हुन् ।

Advertisement

संविधान र समावेशीकरणको भावनाअनुरुप सरकारी तथा निजी मिडियामा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गर्न समेत सम्पकदहरुले प्रतिवद्ध जनाएका छन्। राष्ट्रिय आमसञ्चार नीतिलाई दलितमैत्री बनाउँदै यसको प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारका सञ्चार सम्बन्धी प्रतिष्ठानमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र निजी क्षेत्रका सञ्चार माध्यममा समेत सम्पादकीय समुहमा दलित समुदायको सहभागीता सुनिश्चित गर्न समेत माग गरिएको छ ।

यसैगरि दलित र महिलाले सञ्चालन गरेका सञ्चार माध्यमलाई राज्यद्धारा बिशेष सुविधा प्रदान गरी दर्ता तथा नवीकरण लगायतका कर मिनाहसम्मको नीति ल्याउन र विभिन्न भाषाभाषीका सञ्चार माध्यमहरूलाई बिशेष ब्यवस्था गर्न समेत प्रतिबद्धता पत्रमा भनिएको छ । दलित तथा लैंगिक सवालका घटनालाई मात्रै नभई बिषयबस्तुमा आधारित रहेर नियमित कार्यतालिका बनाई सञ्चारमाध्यमबाट प्रकाशन/प्रशारण गर्न बुटवल प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधान र प्रेस स्वतन्त्रता विरोधी भएकाले त्यसलाई फिर्ता गरि पुर्नलेखन गर्न माग सम्पादकहरुले माग गरेका छन । छलफलमा २५ भन्दा बढी सम्पादकहरुको सहभागिता थियो । छलफलका अवसरमा बरिष्ठ पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले नेपाली मिडियामा दलितका सवाल अझै मिहिन रुपमा उठाउनुपर्नेमा जोड दिए । उनले दलित समुदायको पत्रकारहरुको उपस्थिती बढेको बताउँदै अब गैरदलित पत्रकारहरुले दलितका सवाल उठाउनुपर्ने बताए ।

छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले दलित सवालमा गुणात्मक परिवर्तनको खाँचो रहेको बताए । उनले संख्या बृद्धि भएकाले अब मुद्दालाई उठाउने सवालमा नीतिगत पहल गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले दलित समुदायको सवालमा मिडिया संवेदनशील हुनुपर्ने बताए । उनले कतिपय अवस्थामा दलित समुदायकै जनप्रतिनिधिले समेत आफुना मुद्दा नबोलेको पाइएकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले तल्लो तहका दलितका सवाललाई मिडियाले ध्यान दिनुपर्ने बताए । यसैगरि छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवम् दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसी, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, टेलिभिजन प्रसारक संघका लुम्बिनी संयोजक विष्णु भुसाल, सल्लाहकार सम्पादक दामोदर खनाल, जनसंघर्ष दैनिकका सम्पादक रामप्रसाद आचार्य, लुम्बिनी टाइम्सका सम्पादक प्रदीप आचार्य,सि.पी. खनाल, समता टिभिका सम्पादक नरेश केसी, लुम्बिनी खबरका सम्पादक कमल रायमाझी, मिलापत्र खबरका सम्पादक भुवन कार्की, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी, स्वाधिन मासिकका सम्पादक तेजेन्द्र केसी ,ग्लोबल आवाजका सम्पादक एन.बी. कंडेल, मेरो साथी एफएम कपिलबस्तुका प्रबन्धक चिन्ता परियार, देवदह टिभिका सम्पादक टंक सुनार मेचीकाली दैनिकका प्रकाश अचार्य ,लगाएतले बोल्दै दलितका सवाल उठाउन प्रतिबद्धता जनाएका थिए । जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, सचिव कृष्ण दर्नालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विनोद परियारले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा