ताजा अपडेट »

गुल्मी जीप दुर्घटना अपडेटः मृतक र घाइते सबैको पहिचान खुल्यो

बुधबार, १३ साउन २०७८, १५ : २४
4 Shares

बुटवल । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । मृतक दुई जनाको सनाखत भएको छ ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा , वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुंगा नगरपालीका २ बाख्रेछेडाकी ६८ वर्षको सुशिला बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षकले पुरुषोत्तम पाण्डेले जानकारी दिए।

गम्भीर घाइते चालक गुल्मी चन्द्रकोट गाउपालीका वडा नम्बर ५ बस्ने वर्ष ३५ को बम बहादुर वि.क., द्रकोट गा.पा.–६ बस्ने वर्ष २० की विनिता परियार , शान्तिपुर बस्ने वर्ष ३९ को गगन क्षेत्री र वर्ष २२ को सुनिल वि.क. अवस्था गम्भीर भएकाले थप उपचारको लागि पाल्पा पठाईएको  छ।

यस्तै वर्ष ३३ को गोकुल भण्डारी , वर्ष २३ की मुना भण्डारी र  रेसुङ्गा न पा २ बस्ने वर्ष २३ की रमिला भण्डारी अवस्था मध्यम रहेको र  जिल्ला अस्पताल गुल्मीमा उपचार जारी रहेको प्रहरीले जनाएको छ। जीप सडकदेखी करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

https://www.globalaawaj.com/archives/124529

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।