ताजा अपडेट »

जम्मू–कश्मीरमा आधा रातदेखि सुरक्षा कडा, शीर्ष नेता नजरबन्दमा

सोमबार, २० साउन २०७६, १० : ५७
8 Shares

साउन २०,
काठमाण्डौं । कश्मीरमा सोमबार आधा रातदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ । श्रीनगरमा धारा १४४ लागू गरिएसँगै सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

बीबीसीका अनुसार भारत–प्रशासित जम्मू–कश्मीरमा आइतवार राति नाटकीय घटनाक्रम विकसित भएको विवरणहरू प्राप्त भएको छ । बीबीसीको समाचारमा जनाइएअनुसार नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ ।

उसका अनुसार त्यहाँ मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ । एक स्थानीय पत्रकारलाई उद्धृत गर्दै बीबीसी हिन्दीले श्रीनगरमा मानिसहरूको आवतजावत रोक्न संविधानको धारा १४४ लागु गरिएको जनाएको छ । यो आदेशअनुसार मानिसहरूको आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्थाहरू बन्द भएका छन् । श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ। उनको घरमा नजरबन्द गरिएको छ ।

त्यहाँ सर्वसाधारणले खुलारुपमा आवतजावत गर्न पाउने छैनन् भने सबै शैक्षिक संस्थान बन्द रहनेछन् । साथै, शैक्षिक संस्थानहरुमा छात्रहरुलाई होस्टल खाली गर्न पनि भनिएको छ । श्रीनगरसहित कश्मीर घाटीमा मोबाइल र इन्टरनेट बन्द गरिएको छ । श्रीनगरमा ल्यान्डलाइन फोनमा पनि सम्पर्क हुन सकिरहेको छैन । श्रीनगरमा कर्फ्यूजस्तो हालत भए पनि कर्फ्फू लागू गरिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।