ताजा अपडेट »

'आन्तरिक आतंकवाद' को वितण्डा : टेक्ससमा २० जनाको हत्यालगत्तै डेटनमा ९ जनाको हत्या

आइतबार, १९ साउन २०७६, १७ : ००

साउन १९,
काठमाण्डौं । अमेरिकाको ओहायो राज्यको डेटनमा अन्धाधन्धु गोली चल्दा ९ जनाको मृत्यु भएको छ। गोली लागेर १६ जना घाइते भएको डेटन प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ। घाइतेहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ओहायोमा कसले गोली चलायो भन्ने खुलेको छैन। प्रहरीले भने गोली हान्ने एक व्यक्तिको पनि मृत्यु भएको दाबी गरेको छ। हाललाई प्रहरीले गोली चलेको स्थान खाली गराइ अनुसन्धान गरिरहेको छ। अमेरिकाको टेक्ससमा रहेको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार भएको केही घण्टा नबित्दै ओहायोमा समेत गोली चलेको हो। टेक्ससमा भएको गोली प्रहारबाट २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सो आक्रमणमा संलग्न भएको आशंकामा २१ वर्षीय प्याट्रिक क्रुसियसलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले आज भएका घटनालाई 'आन्तरिक आतंकवाद' का रुपमा लिँदै अनुसन्धान गरिरहेको छ। 'श्वेत नश्लवाद' का कारण गोलीकान्ड भएको अनुमानका साथ एफबिआईले अनुसन्धान थालेको छ।  डेटन प्रहरीले घटनास्थल वरिपरि सावधानी अपनाउन भन्दै घटनाबारे केही सूचना थाहा भए जानकारी गराउन आग्रह गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।