ताजा अपडेट »

इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राऊ, पक्राउ पर्नेमा अधिकांश अफगानी

बुधबार, १३ साउन २०७८, ११ : ०४

इस्तानबुल । टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रषित समाचारमा उल्लेख छ । इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अबैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ । टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।