ताजा अपडेट »

प्रधानमन्त्रीको प्रस्थान, प्रचण्डको आगमन

आइतबार, १९ साउन २०७६, १२ : ५१
8 Shares

साउन १९,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साताका लागि सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य परीक्षणका लागि हिजो शनिबार राति सिंगापुर गएका हुन् । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने भएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । स्वास्थ्य परीक्षण गरेर एक सातापछि प्रधानमन्त्री स्वेदश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उनको श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह रहेका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्ताव गरेसँगै पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । साताव्यापी संयुक्त अबर इमिरेटस (यूएई) को भ्रमण गरेर स्वदेश फर्किएका हुन् । प्रचण्ड पारिवारिक भ्रमणका लागि गत मँगलबार पत्नी सीता दाहाल, छोरी रेणु दाहाल र गंगा दाहालसहित यूएई गएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।