३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

बुटवल । लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका अमिक शेरचन गण्डकी प्रदेशका प्रमुख समेत भईसकेका थिए। यस अघि ओली नेतृत्वकाे सरकारले उनलाई प्रदेश प्रमुखबाट हटाएकाे थियाे ।

Advertisement

माओबादी केन्द्र निकट उनकाे यस्ताे छ राजनीतिक पृष्ठभूमि

वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मिएका बडिबहादुर र उमादेवीका छोरा उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा रहेका छन्। 

युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताए। 

वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो । नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको जानकारी दिए।

शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए । त्यसका केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका थिए । नेता भण्डारीका अनुसार वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा. भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो। 

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो । 

उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका थिए । वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा थपिए ७३४ कोरोना संक्रमित, १२ जनाको मृत्यु अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती