ताजा अपडेट »

अन्धाधुन्ध गोलि चल्यो, २० जनाको मृत्यु, २६ जना भाईते

आइतबार, १९ साउन २०७६, ११ : ५३
2 Shares

साउन १९,
काठमाण्डौं । अमेरिकाको टेक्ससको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको छ। गोली प्रहारबाट २६ जना घाइते भएको बीबीसीले जनाएको छ। टेक्साको एल पासो क्षेत्रमा अवस्थित सिलो भिस्टा मलमा गोलाबारी भएको हो। गोलाबारी भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमाबाट केही माइलमात्र टाढा रहेको बताइएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोलाबारीमा उक्त व्यक्तिको संलग्न रहेको प्रहरीको दाबी छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार २१ वर्षीय प्याट्रिक क्रुसियसलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।