३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

काठमाडौँ । राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाए ।

पूर्वसांसद तामाङको निधनमा शोक प्रस्ताव पारित राष्ट्रियसभाले प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पूर्वसांसद तामाङको निधनप्रति राखेको शोक प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो ।

संयुक्त जनमोर्चा नेपालबाट विसं २०४८ मा सिरहाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापास्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १३ गते बुधबार दिनको १ बजे बस्ने छ ।-रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो