ताजा अपडेट »

चिसाेले माथिल्लो मनाङको बस्ती खाली

शुक्रबार, ११ माघ २०७५, ०६ : ३०
2 Shares


माघ ११,

लमजुङ । अत्याधिक चिसोका कारण्मा अधिकांश बस्ती खाली भएको मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदै गर्दा चोरी, शिकार जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मनाङका अधिकांश बस्ती यतिबेला खाली छन् । चिसो बढेपछि अधिकांश स्थानीय जिल्ला छोडेर अन्यत्र गएका हुन् । केही घरमा घर कुरुवा राखिएको छ भेन केही घरमा ताल्चा नै लगाइएको छ ।

जिल्लाका अधिकांश बस्ती खाली हुँदै गर्दा चोरी शिकारीको जोखिम हुने गरेको नेस्याङ गाउँपालिका, १ का अध्यक्ष भुजुङ गुरुङले बताए ।  -कारोबार दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।