ताजा अपडेट »

३३ किलो सुन काण्ड : सर्वोच्चद्वारा उच्च अदालतको आदेश सदर

शनिबार, १८ साउन २०७६, ११ : १३
18 Shares

साउन १८,
काठमाण्डौं । चर्चित सुन काण्डमा सर्वोच्च अदालतले महावीर गोल्यान बाहेक अन्यलाई उच्च अदालत विराटनगरले गरेको आदेश बमोजिम गर्न आदेश दिएको छ । गोल्यानलाई १० लाख धराैटीमा छाड्न आदेश दिएसँगै अन्यलाई भने उच्च अदालत विराटनगरले गरेको अपराधिक समुह स्थापना संचालन गरी सुन चोरी निकासीको अवैध कारोवार अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान उद्योग सम्बन्धि आदेशलाई सदर गरेको हो ।

न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मालता माथेमाको इजलाले आज यस्तो आदेश दिएको हो । सुन प्रकरणमा र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णय विरुद्ध सर्वोच्च अदालत आएका थिए। सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्धा लड्नु पर्ने छ। निलम्बित डिएसपी सञ्जय राउत, महाविर प्रसाद गोल्याल, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्द प्रसाद निरौला, हेमन्त गौतम, विमल पोद्धार, राजेन्द्र कुमार शाक्य, भुजुङ गुरुङ् लगात २९ जनाले सर्वोच्च अदालत आएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।