ताजा अपडेट »

दोलखामा पहिरोले १० घर बगायो, दुई जनाको अवस्था अज्ञात

शनिबार, १८ साउन २०७६, १० : ५६

साउन १८,
दोलखा । पहिरोले दोलखामा १० घर बगाएको छ । शुक्रबार राति जिल्लाको गौरीशंकर गाउँपालिकाङ१ जुँगुमा एक्कासी खसेको पहिरोमा परी २ जना बेपत्ता भएका छन् । मध्यरातमा पहिरो जान सुरु गरेपछि भागेर ज्यान जोगाएको स्थानीयबासीले बताएका छन् । पहिरोमा परी बेपत्ता हुनेहरुमा ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । प्रहरीका अनुसार सो क्षेत्रका २२ घर विस्थापित भएका छन् । उनिहरुले आफ्नो थात्थलो छाडेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।