ताजा अपडेट »

जसपा विवाद: बाबुराम–उपेन्द्रको पक्षमा ३४ जनाले गरे हस्ताक्षर

सोमबार, ११ साउन २०७८, १४ : ०५
2 Shares

काठमाडौं । निर्वाचन आयोगले ‘हेड काउन्ट’ को आधारमा सनाखत गर्दा बाबुराम–उपेन्द्रको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् भने ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता टुंगो लगाउदै छ ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएको थियो । उसले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन दुबै पक्षलाई आदेश गरेको थियो ।

जेलमा रहेका नेता रेशम चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने एकीन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।