ताजा अपडेट »

पूर्वी नाकाबाट आउने पर्यटक शून्य

सोमबार, ११ साउन २०७८, १३ : ४३
4 Shares

झापा । पूर्वी नाका काँकडभिट्टाहुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा शून्य छ । कोभिड– १९ का कारण नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र प्रवेश खुला गरेको तर सीमा नाकाबाट अझै प्रवेशमा रोक लगाइरहेकले विसं २०७६ चैत ११देखि हालसम्म एउटै पर्यटक पनि नेपाल प्रवेश नगरेको अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि प्रवेशाज्ञा जारी नभए पनि भारतीय नाकासम्म आएका पर्यटकले भने नेपाल घुम्नका लागि पहल गरिरहेका छन् ।

रासस
लेखकको बारेमा
रासस