ताजा अपडेट »

पत्रकार मल्ललाई मातृशोक

सोमबार, ११ साउन २०७८, १२ : ४७
20 Shares

बुटवल । रुपन्देहीका पत्रकार कृष्ण मल्ललाई मातृशोक परेको छ। बुटवल टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा शिक्षा पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष मल्लकी ममतामयी माता ७४ वर्षिया श्याम कुमारी मल्लको निधन भएको हो।केही समयदेखि स्वासप्रश्वास समस्याबाट ग्रसीत बुटवल–४ लक्ष्मिनगर निवासी ७४ वर्षिया मल्लको आईतबार निधन भएको हो।

स्व. मल्लका ३ जना छोरी र ४ जना छोराहरू छन् । स्व. श्याम कुमारी मल्लको निधन प्रति नेपाल पत्रकार महासंघ रूपन्देहीले पनि शोक बक्तव्य जारी गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । उनको आइबार कालिगण्डकी (रिडि) मा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।