२१ मंसिर २०७९, बुधबार

Dec 7, 2022

बलेवा “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”

Advertisement

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवर भाउजूको अवैध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले गर्भपतन गराएर गाडेको अनुमान प्रहरीको छ । 

“दुई पटकसम्म शारीरिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन”, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, “सहमतिकै कुरा हो, जबर्जस्ती गरेको होइन ।” यही प्रमाणका आधारमा प्रहरीले भ्रूण हत्या गरिएको आरोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण हत्या गरेर गाडेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण हत्याको मुद्दा दर्ता भएको छ ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । “दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ”, पल्लीमगरले भने, “अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।” पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अवैध सम्बन्ध राखेकै कारण घटना भएको पल्लीमगर बताउँछन् । 

“लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण नाजायज सम्बन्ध रहेको पाइयो”, पल्लीमगरले भने। उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अवैध गर्भपतन गरेर गाडेको अवस्थामा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राजधानी सरेपछि दाङको राप्ती गाउँपालिकाले तोक्यो कोठा भाडा दर जिल्ला अस्पतालमै छैन जीवनजल बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय खरिद अनुगमन कार्यालयलाई समेत नटर्ने ८ ठेकेदारलाई अन्तिम मौका निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ? हँसिया प्रहारबाट एक युवाको मृत्यु, एक गम्भीर घाइते आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको ३५ दिने अल्टिमेटम ८ महिनापछि विलासिताको वस्तु आयात प्रविबन्ध खुल्यो दासढुंगा हत्याकाण्ड जाँचबुझ आयोग संयोजक प्रचण्डराजको निधन के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु पहाडी क्षेत्रमा बदलीको सम्भावना दशगजालाई नै असर पर्ने गरि रुपन्देहीको पक्लिहवा नजिक भारतको पर्खाल राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिने तयारी भैरहवामा सामुहिक खेलकुद महोत्सवमा : १२ सय विद्यार्थी सहभागी अन्तर-विद्यालय क्रिकेटः काशी नोबल र शान्ति नमूना विजयी बुटवल–बेलहिया सडक : घटेनन् सवारी दुर्घटना, लेन प्रयोगको सचेतना शून्य कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने संकेत