ताजा अपडेट »

‘हराएकी’ लुम्बिनीकी सांसद पुर्मती सम्पर्कमा

सोमबार, ११ साउन २०७८, ११ : ४२
10 Shares

बुटवल। लुम्बिनी प्रदेशसभामा जसपाबाट निर्वाचित सांसद भेटिएकी छन् । हिजो बिहान ११ बजेबाट पार्टिकाे सम्पर्कमा नरहेकी सांसद पुर्मती ढेंगा भेटिएकी हुन् । पार्टि लुम्बिनी प्रदेशका मुख्य सचिव यज्ञ पोखरेलले ईलाका प्रहरी कार्यलय बुटवलमा पाल्पाबाट समानुपातिक सांसद बनेकी जसपाकी नेतृ पुर्मती ढेंगामगर सम्पर्कमा नआएकोले खोजि गरिदिन प्रहरीलाई आग्रह गरेका थिए।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवरलाई फोन गरेर पोखरेलले आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको भन्दै आईतबार बेलुका ९ बजे हराएको(सम्पर्कमा नरहेको) बताउँदै खोजि गरिदिन आग्रह गरेका थिए ।पार्टि सचिव पोखरेलले आईतबार बिहानैदेखि सम्पर्क नरहे पनि आज बिहान सम्पर्कमा आएको उनले बताए । उनले ग्लोबल आवाजसंग कुरागर्दै भने –‘ आज बिहान कुरा भयो, उहाँले म तनाबमा छु, तिलोत्तमामा छु भेटेर कुरा गरौला ।’

लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको राजनीतिक माहोल तातेको थियो । प्रदेशसभामा जनता समाजवादी पार्टीबाट ६ सांसद रहेकोमा अहिले ३ जना सरकारमा सहभागी छन् भने ३ जना विपक्षीको गठबन्धनमा छन् । दुई साताअघि सरकारमा जसपाबाट सहभागी राज्यमन्त्री सुमन शर्माले राजीनामा दिएकी थिइन् । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक) जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।