ताजा अपडेट »

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्वारा स्व.कर्मचारीको परिवारलाई सहयोग

सोमबार, ११ साउन २०७८, ११ : ४५
4 Shares

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा कार्यरत कर्मचारीको मृत्यु भएकोमा उनको परिवारलाई राहात स्वरुप २ लाख प्रदान गरिएको छ । पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियन बुटवलका सदस्य स्व. प्रदीप थापाको ५८ वर्षको उम्मेरमा निर्धन भएको हो ।

आइतबार समितिको कार्यालयमा एक समारोहका बीच स्व. थापाको श्रद्धान्जली सभा गरिएको छ भने एक दिने शोक विदा गरिएको छ । शोक सभामा समितिको तर्फवाट १ लाख र यूनियनको तर्फवाट १ लाख गरि २ लाख रुपैयाँ थापाको परिवारलाई प्रदान गरिएको कार्यालय प्रमुख तथा नेपाल ट्रक यातायात कर्मचारी युनियनका महासचिव वाबुराम अधिकारीले बताए ।

सभामा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, युनियनका पूर्व अध्यक्ष प्रकाश गैरे, समितिका महासचिव जीतबहादुर भाट, सल्लाहकार खगराज गौतम ,खेम गुरुङ, टोपलाल घिमिरे, लेखा प्रमुख ऋषिराम भट्टराई, लगायतले स्व थापाले समितिमा पुराएको योगदानको चर्चा गरेका थिए । विस २०६० साल देखि स्व. थापा समितिमा कार्यरत रहँदै आएका थिए । कार्यक्रम यूनियनका सचिव भूमिमाया रानाको सञ्चालन र अध्यक्ष शिव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।