२१ मंसिर २०७९, बुधबार

Dec 7, 2022

दाङ । कोरोना संक्रमणको तेस्रो भेरिएन्ट सुरु हुने आशंकासँगै दाङका अस्पतालमा तयारी थालिएको छ । जिल्लाका ठूला अस्पताल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर मेट्रो अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले तेस्रो भेरिएन्टको उपचारको तयारी थालेका हुन् ।

Advertisement

जिल्लामा कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बालबालिकाको उपचार केन्द्रित गरेर पूर्व तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. विनोद सिहले जानकारी गराए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत बालबालिका केन्द्रित उपचारका लागि केन्द्रत हुन थालेको छ । तेस्रो भेरियन्टको यो अवस्थालाई मध्यनजर गरेर अस्पतालले आफ्नो खालको तयारी गरेको उनको भनाइ छ ।

संघीय र प्रदेश सरकारको सहयोगमा आइसीयु, पीआइसीयु बेडको व्यवस्थापन भइरहेको र दैनिक ७५ सिलिन्टर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट निर्माणको चरणमा रहेको बताए । राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालका मेसु सिंहले तेस्रो भेरियण्ट बच्चाहरुमा केन्द्रित हुने अनुमान भएपछि उपचारलाई पनि त्यहि अनुसार केन्द्रित गर्न थालिएको बताए ।

उनले बालबालिकाको उपचारलाई केन्द्रित गरेर पिआसियु, एचडियु, आसीयु बेडहरुको व्यवस्थापन सुरु भएको र उपचारलाई बालबालिका केन्द्रित गर्ने योजना सहित काममा जुटेको बताए । त्यसै गरेर अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम समेत सुरु भएको बताए । त्यसका लागि संघीय सरकारले एक करोड पचास लाख रुपैयाँ व्यवस्थापन गरेको छ ।

प्रादेशिक अस्पतालमा २५ बेड एचडियु, १५ बेड पिआइसियु बेड, १४ वटा भेन्टीलेटर बेड तयारी अवस्थामा रहेकोे मेसु डा सिहले बताए । उनले सय वेड जनरल बेड तयारी अबस्थाका रहेको जानकारी दिए । उनले यसका लागि संघीय सरकारबाट एचडियु बेडका लागि ३ करोड, पिआइसियु बेडको लागि ९ करोड र अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख रुपैयाँ अस्पतालमा आएको हो ।

अस्पताल पूर्ण तयारीमा भए पनि जागरुपता सचेतना र स्वास्थ्य सुरक्षाका लागि सबै सजक हुनुपर्ने बताए । दोस्रो भेरियन्ट अन्त्य नहुँदै तेस्रो सुरु भएको होकी भन्ने अबस्था आएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले अहिले केहि बच्चाहरुमा समेत कोरोना देखिएर अस्पतालमा उपचार भइरहेको बताए । तुलसीपुरमा पछिल्लो समय पाँच जना बच्चामा कोरोना संक्रमण भइसकेको छ ।

उनीहरुको तुलसीपुर मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बच्चाहरुमा कोरोना संक्रमण देखिन थालेपछि नगरमा उच्च स्तरमा तयारी थालिएको केसीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

राजधानी सरेपछि दाङको राप्ती गाउँपालिकाले तोक्यो कोठा भाडा दर जिल्ला अस्पतालमै छैन जीवनजल बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय खरिद अनुगमन कार्यालयलाई समेत नटर्ने ८ ठेकेदारलाई अन्तिम मौका निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ? हँसिया प्रहारबाट एक युवाको मृत्यु, एक गम्भीर घाइते आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको ३५ दिने अल्टिमेटम ८ महिनापछि विलासिताको वस्तु आयात प्रविबन्ध खुल्यो दासढुंगा हत्याकाण्ड जाँचबुझ आयोग संयोजक प्रचण्डराजको निधन के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु पहाडी क्षेत्रमा बदलीको सम्भावना दशगजालाई नै असर पर्ने गरि रुपन्देहीको पक्लिहवा नजिक भारतको पर्खाल राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिने तयारी भैरहवामा सामुहिक खेलकुद महोत्सवमा : १२ सय विद्यार्थी सहभागी अन्तर-विद्यालय क्रिकेटः काशी नोबल र शान्ति नमूना विजयी बुटवल–बेलहिया सडक : घटेनन् सवारी दुर्घटना, लेन प्रयोगको सचेतना शून्य कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने संकेत