ताजा अपडेट »

गुल्मीको इस्मामा हेफर नेपालद्वारा स्थानीयलाई बाख्रा वितरण

सोमबार, ११ साउन २०७८, ११ : ०५
6 Shares

बुटवल । गुल्मी जिल्ला इस्मा गाउँपालिका–३ अम्लेचौरमा हेफर नेपालले बाख्रा वितरण गरेको छ । हेफर नेपालले आइतबार आर्थिक ‌सहयोग साझेदारी संस्था नव प्रभात युवा संघद्वारा सन्चालित सामुदायिक बाख्रा उद्यम परियोजना अन्तर्गत दिदी बहिनी बाख्रा वितरण गरिएको परियोजनाका संयोजक प्रयास अधिकारीले बताए ।

स्थानीयबासिहरूलाई (सिदेश्वर समुह)बाट अन्य तिन वटा समुहलाई र (राधाकृष्ण समुह) बाट ‌अन्य १ समुहलाई गरि १३ वटा बाख्रा १३ जनलाई बितरण गरिएको गरिएको र खोर सुधारको लागि तिनवटा समुहका तिन‌ जनालाई दश हजारका दरले रकम वितरण गरिएको संयोजक अधिकारीले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गाउँ कार्यपालिका समिति सदस्य, वडा नं ३ अध्यक्ष लगायत सबैले गाउँपालिका भित्रका मुख्य विषय लाई केन्द्रमा राखेकोे बताए । इस्मा गाउँपालिका भित्र भएका सकरात्मक काम गाउँपालिका भित्र रहेका समस्या का समाधान गर्नेदेखि महिला सशक्तिकरण कुरा उठाएका थिए।

गाउँपालिकावासी स्थानीय महिला उत्पीडितमा परेका जिवनस्तर सुधार्नको लागि गर्न सकिने संभावना र गर्दै आएका विषयमा सबै अतिथि बोलेका थिए। यहाँको विकास र समृद्धिको लागि अझै रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको र स्थानीय तहमा रोजगारीका आयामहरूलाई ‌बढवा दिने, कृषि क्षेत्रको विकास स्तर उन्नती गर्दै कृषक वर्गलाई कृषिबाटै आत्मनिर्भर बनाउने योजनामा गाउँपालिका रहेको अध्यक्ष उपाध्यक्ष लगायत सबै अतिथि बोलेका थिए ।

कार्यक्रममा बोल्नेहरुले समग्र गाउँपालिकाको विकास समृद्धिको लागि अब हामी नागरि
कसँगै एकजुट भएर हातेमालो गर्दै अगाडी बढ्ने र यस क्षेत्रको विकास लागि नयाँ–नयाँ भिजन लिएर अगाडि बढ्ने साथै गाउँपालिका भित्र रहेका हरेक संभावना जस्तै कृषि पर्यटन खानेपानी शिक्षा सडक विद्युत रोजगारी लगायत बिभिन्न संभावनाहरूको व्यवस्थापन र गुणात्मक रूपमा वृद्धि गर्दै आगामी दिनमा बोलेर मात्र हैन गरेर देखाउने अठोट स्थानीय सरकारका प्रमुखहरूले गरेका थिए ।

यस्तै इस्मा गाउँपालिका उप–प्रमुख बिमला खत्रीले महिलालाई उत्प्रेरणा दिँदै अब हामी जागरूप हुनुपर्छ महिला अब चुलो र चौकोमा मात्र सिमित हुने दिन गएको बताइन् । अब महिला सशक्तिकरणको लागि अगाडि बढ्नु बताउँदै महिला सहभागिता आजको आवश्यकता रहेको बताइन् । साथै महिलाले पनि हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताइन् । महिला अब अरूमा आश्रित हुने दिन गएको बताउँदै अब महिला स्वयम् आफैं आफ्ना आवश्यकता पुरा गर्नु पर्ने बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।