ताजा अपडेट »

दाङमा रोकिराखेको बसमा आगजनी

सोमबार, ११ साउन २०७८, ०८ : ३७
6 Shares

दाङ । दाङको तुलसीपुर कालाखोलामा रोकिराखेको बसमा अज्ञात समूहले गएराति आगजनी गरेको छ । घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथी आगजनी भएको हो ।रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

प्रहरी राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी