१४ माघ २०७९, शनिबार

Jan 28, 2023

भैरहवा । नेपालका बिभिन्न जिल्लाबाट भारत रोजगारीको लागी नेपालीहरुको संख्या धेरै छ । कतिपय घर सल्लाहले भारत जाने गरेका छन भने कतिपय भागेर नै । बिशेष गरि युवाहरु भारत जाने क्रम बढ्दो रहे पनि अहिले नाबालकहरु पनि भारत पुग्ने गरेका छन् । अभिभावककै सल्लाहमा कतिपय बालबालिकाहरु बिभिन्न होटलमा काम गर्न भारत तर्फ जाने गरेका छन् ।

Advertisement

भारतमा बालबालिका बेचबिखनको लागी तथा उनिहरुको अङ्ग चोरी एवम भिख माग्ने लगायत बिभिन्न गैरकानूनी काममा फसेका हुन्छन् । विश्वकै धेरै जनसंख्या मध्येको एक भारतमा यस्ता गैरकानूनी कार्यमा लाखौ बालबालिका रहे पनि नेपालका ४ जना बालबालिका भाग्यमानी रहेका छन् । भाग्यमानी यस अर्थमा कि भारतमा यस्ता लाखौ बालबालिका यातनाको जिवल गुजार रहदा उनिहरु सकुशल नेपाल फिर्ता भएका छन् ।

बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँकेको कोहलपुरका ९ वर्षीय रोशन बादी, ७ वर्षीय बिशाल बादी र ५ वर्षीय पुजा बादी पनि घरबाट भागेर भारत पुगेका थिए । प्रकाश पैदल नै भारत पुगेका थिए भने कोहलपुरका ३ जना बालबालिका ट्रकको सहायतामा भारत पुगेका थिए । गलत हातमा पुग्नु अघि नै भारतको सामाजिक संस्थाले उनिहरुलाई बाल आश्रममा राखेका थिए ।

यसरी बालआश्रममा रहेका उनिहरु चारै जनालाई प्रवासी मित्र मंच नेपाल, भारत र मानव कल्याण मित्र मंच नेपालको सहयोगमा उद्धार गरि नेपाल फिर्ता ल्याईएको छ । ४ बालबालिका मध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा वडाध्यक्षमार्फत् आफन्तको जिम्मा लगाइएको छ भने एक जनालाई केही दिनका लागि कोटिहवास्थित बालगृहमा राखिएको छ ।

६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन जाने भनि हिँडेका चारै जना बालबालिकालाई भारतको बरेलीबाट उद्वार गरिएको हो । उनीहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा राखिएको र सोही स्थानबाट उनिहरुलाई नेपाल ल्याईएको प्रवासी मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेले जनाए ।

भारतमा भेटिने कयौं बालबालिका दलालमार्फत् पनि जाने गरेका छन् । कतिपय पारिवारिक कारण रोजगारीका लागि जाने पनि गरेका छन् । यसरी जाँदा उनीहरु जोखिममा हुन्छन् । मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बिभिन्न प्रलोभनमा परेर नेपाली बालबालिकाहरु भारत जाने गरेको बताए । यस्ता कतिपय बालबालिकाहरुको उद्धार गरि नेपाल फिर्ता ल्याईए पनि अझै पनि धेरै बालबालका भारतमै रहेको बताए ।

गरिबीको कारण र रोजगारीको कारण नेपालीहरु भारत जाने गरेको भए पनि बालबालिकाहरु पनि भारत जानुले नकारात्मक सन्देश फैलाएको प्रवासी मित्र मञ्चकी महिला अध्यक्ष अनिता क्षेत्रीको भनाई छ । उनले भारतमा रोजगारी यति सजिलै नपाईने भएको र भारतमा पाईने नरकिय यातना बारे जनचेतना फैलाउनु आवश्यक रहेको बताईन ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर मित्र मंचले मानवीय सेवामा ठूलो भूमिका निभाएको बताए । ‘यहाँहरुले ठूलो पुण्यको काम गर्नुभएको छ । हाम्रा कलिला बालबालिका जोखिमबाट बचेका छन, उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ९ जना बढी भिडका कारण घाइते, कार्यक्रम स्थगित पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ