ताजा अपडेट »

काठमाडौं उपत्यकामा लम्बियो दश दिन निषेधाज्ञा

आइतबार, १० साउन २०७८, १७ : २८
6 Shares

काठमाडौं । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ । भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन ।

यसअघि जिल्ला प्रशासन कार्यालयले लामो दुरीका सवारीसाधनहरू चल्न अनुमति दिएको थिएन। तर गृहमन्त्रालयबाटै पत्राचार भएपछि शुक्रबार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन चल्न दिने अनुमति दिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।