ताजा अपडेट »

लगातारको वर्षाले विद्यालय भवनमा क्षति

आइतबार, १० साउन २०७८, १७ : २७
6 Shares

सिमकोट । यही साउन ६ गतेदेखिको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको विद्यालयमा क्षति पुगेको छ । चंखेली–४ को तल्लोपालिमा रहेको गणेश आधारभूत विद्यालय भवन वर्षाले भत्काएको हो ।

माथिबाट खसेको ढुङ्गाले विद्यालयको कक्षा १ र २ को कक्षा कोठा पूर्ण रुपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक सकराम ऐडीले जानकारी दिनुभयो । विद्यालयमा रहेको भौतिक सामग्रीलगायत विभिन्न सङ्घसंस्थाले सहयोग गरेका सामग्रीमा पनि क्षति पुगेको ऐडीले बताए । क्षति पुगेको विद्यालय भवन मर्मतको लागि चंखेली गाउँपालिकालाई अनुरोध गरिएको प्रधानध्यापक ऐडीले बताए ।

रासस
लेखकको बारेमा
रासस