ताजा अपडेट »

रुपन्देहीमा थपिए २६ संक्रमित, ५ जनाको मृत्यु

आइतबार, १० साउन २०७८, १७ : ११
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १८७ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सैनामैना नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ६ जना, तिलोत्तमा नगरपालिका र कञ्चन गाउँपालिकामा ३–३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र कोटीमाई गाउँपालिका १ जना संक्रमित थपिएका छन् ।

अद्यावधिक विरण र पछिल्लो २४ घण्टामा गरी जिल्लामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५११ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४७ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।