ताजा अपडेट »

मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युवाको परिचय खुल्यो

आइतबार, १० साउन २०७८, १४ : ४५

दाङ । गएराती दाङको लमही नगरपालिका वडा नं ४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा मृत्यु भएका युवकको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं १ सिमलतरामा बस्दै आएका २९ वर्षका युवराज राना रहेका छन् ।

दुर्घटनाको एकिन कारण खुल्न नसके पनि तिब्र गतिका कारण भएको हुन सक्ने अनुमान छ । गएराती दुर्घटना भएपनि रानको शव स्थानीले विहान मात्र झाडीमा देखेका थिए । अहिले मृतक रानाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल दुर्घटनामा परेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।