ताजा अपडेट »

असैद्धान्तिक गठबन्धनको सरकार : प्रदिप ज्ञवाली

आइतबार, १० साउन २०७८, १४ : २३
4 Shares

गुल्मी । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदिप कुमार ज्ञवालीले बर्तमान गठबन्धनको सरकार असैद्धान्तिक भएकाले देश र जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले बर्तमान गठबन्धनको सरकारमा सरकारको देश र जनता प्रति काम गर्ने एजेन्डा नै नभएको बताए ।

ज्ञवालीले जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैर राजनितिक क्रियाकलाप भएको बताए । सर्वोच्चको फैसलालाई स्विकार गरे पनि आफूहरुको असहमति रहेको उनको तर्क छ ।
सर्वोच्चको फैसलाले आधारभुत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीको भनाई छ । राजनितिक संकटलाई राजनितिक दलबाटै समाधान खोजिनु पर्नेमा त्यस नहुनु दुखद पक्ष रहेको ज्ञवालीले बताए ।

उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिएको बताए । माधब समहूले गरेका गल्तीहरु हेर्दा पानी खाने ठाउँपनि नराखेको उल्लेख गरे । उनले एमालेलाई एक ढिक्का बनाएर लैजानका लागि हालसम्मका सबै गल्तीहरुलाई माफ दिएको बताए । एमाले नेतृत्वको सरकारलाई ढालेर काँग्रेसलाई सत्ता सुम्पिनका लागि माधब समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको उनको तर्क छ ।

केही समुह र ब्यक्तिगत स्वार्थका कारण एमालेमा यस्तो अवस्था आएको ज्ञवालीले बताए । ज्ञवालीले यस अगाडी केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको मन छुने र बिकासका कामहरु गरेको दाबी गरे । वर्तमान सरकारले एमाले पार्टी फुटाउनका लागि अध्यादेश ल्याउन सक्ने भन्दै त्यो सफल नहुने पनि दाबी गरे । एमाले भित्रैका केहि व्यक्ति र समूहको निजी स्वार्थका कारण पनि अन्य पार्टीहरु खेल्ने ठाउँ पाएको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।