ताजा अपडेट »

बुटवलका उत्सव अमेरिकाको ‘टूबि फिचर्ड’ को सेमिफाइनलमा

आइतबार, १० साउन २०७८, १३ : ३२
8 Shares

बुटवल । बुटवलका ३५ वर्षिय युवा उत्सव सिहं अमेरिकाको प्रतिष्ठित पत्रिका मसल्स एण्ड फिट्नेसद्वारा आयोजना गरिएको ‘फिचर फोटो’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

यस अघिनै नेचुरल बडिबिल्डिङ्गमा दुई वटा स्वर्ण पदक जितेका नेपाली युवा उत्सवले यो प्रतियोगिता पनि जित्न र प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटोमा आउनका लागि आफूलाई भोट गर्न नेपालीहरुमा अपील गरेका छन् । त्यसैगरी बुटवलबाट उनका पिता महेन्द्र बहादुर सिंहले पनि उत्सवलाई भोटगरी जिताउन र नेपालीको शान बढाउन आग्रह गरेका छन् ।

प्रोफेसनल नेचुरल बडिबिल्डिङ एसोसियसन (पीएनबीए)का दुई स्वर्ण विजेता उत्सव सिंहले प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटो प्रतियोगितामा हालसम्म सर्वाधिक मत प्राप्त गर्दै आएको उनका पिता सिंहले बताए । जुलाई १५ तारिखमा भएको चरणमा अत्यधिक मत प्राप्त गरी क्वार्टर फाइनलमा प्रवेश गरेका उत्सव जुलाई २२ तारिखमा पनि अत्याधिक मत प्राप्त गरी उनी सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

अनलाइन भोटिङ सिस्टम रहेको हुँदा नेपाल, अमेरिका लगाएत विश्वबाट उनलाई अनलाइन भोट गर्न सकिन्छ । नेपालबाट प्रतिनिधित्व गरेका उनले सेमिफाइनल र फाइनल राउण्ड जित्नका लागि भोटको आवश्यकता रहेको छ । उत्सवले प्रतियोगिता जितेमा मसल्स एन्ड फिटनेसको फिचर फोटोमा आउनका साथै २० हजार अमेरिकी डलर पनि पुरस्कारस्वरुप पाउनेछन् ।

पुरस्कार वापत प्राप्त गर्ने रकमबाट केहि रकम उत्सवले नेपालका बाढी प्रभावित र कोभिड प्रभावित नेपालीलाई सहयोग गर्ने बताएका छन् । बुटवल–६ ट्राफिक चोक घर भएका सिंह परिवारका कान्छा छोरा हुन् । बुटवलकै न्यू होराइजनबाट उनले विद्यालय स्तरको अध्ययन गरेका थिए ।

उनलाई भोट गर्नका लागि https://featured.muscleandfitness.com/2021/utsav-sing लिंकमा गई निःशुल्क भोट गर्न सकिन्छ ।

https://www.globalaawaj.com/archives/122110
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।