ताजा अपडेट »

कोभिडको असर न्यनूनिकरण गर्न ‘सपोर्ट सर्भिसेस टु सोसलि आइसोलटेड एंड भल्नारेबल नेपलिज इन क्यालगरी’ परियोजना

आइतबार, १० साउन २०७८, १३ : १९
8 Shares

बुटवल । नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीले कोभिड–१९ का कारण सामना गर्न परिरहेको नकारात्मक सामाजिक, मनोबैज्ञानिक तथा शारीरिक असरहरुलाई न्यूनीकरण गर्नको लागि “सपोर्ट सर्भिसेस टु सोसलि आइसोलटेड एंड भल्नारेबल नेपलिज इन क्यालगरी” भन्ने परियोजना संचालनमा ल्याउने भएको छ। क्यालगरीले त्यहाँको प्रान्तीय अलबर्टा सरकारको सहयोग तथा क्यालगरीमा रहेका बिभिन्न नेपाली संघ सस्थाहरुको सहकार्यमा सो परियोजना संचालन गर्न लागेको हो ।

यो परियोजनाको आवश्यकता, उद्देश्य तथा यसले नेपाली समुदायमा प्राप्त गर्न सके उपलब्धि के के हुन सक्छन भनि त्यहाँ रहेका नेपालीहरुलाई जानकारी दिने प्रयोजनका लागि उक्त संस्थाले जुन १३ तारिखका दिन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। कोभिड–१९ को सामाजिक बन्देजका कारण यो कार्यक्रम अनलाईन जूमबाट गरिएको थियो। एक बर्षसम्मका लागि संचालनमा रहने यो परियोजनाले विभिन्न ९ वटा कार्यक्रमहरु गर्ने छ जसमा बृद्ध नागरिक,बयस्क, युवा, बालबालिकाहरुका लागि विभिन्न सचेतनामुलक कार्यक्रम तथा खेलकुदका कार्यक्रमहरु रहेका छन।

साथै जागिर खोज्दै गरेका नेपालीहरुलाई रोजगार सम्बन्धि कार्यक्रम रहने छ । जसमा रेजुमी लेखनदेखि व्यवसायिक संजाल निर्माण तथा अनलाईन जब सर्च सम्बन्धि सहयोग गरिने बताइएको छ। क्याल्गरिमा रोजगारको सिलशिलामा अस्थायी बिदेशी कामदारका रुपमा कार्यरत तथा नेपालबाट यँहा आएर अध्ययनरत विद्यार्थीहरुका लागि पनि उपयोगी कार्यक्रम बनाइएको छ। त्यसै गरि कोभिड–१९ का कारणले घर आइसोलेशन रहनुपर्ने व्यक्ति तथा परिवारहरुका लागि घर दैलो कार्यक्रम संचालन हुनेछ।

जसले उनीहरुको दैनिक आवश्यकताका सामान तथा ग्रोसरी सहयोग उपलब्ध हुनेछन। त्यसै गरि, योग साधना, एकाग्रता तथा अद्यात्मिकता सम्बन्धि र गेस्ट स्पिकरहरुले समसामयिक बिषय बस्तुमा मासिक रुपमा लिंक एंड लर्न प्रबचन समेत दिने छन। यी माथि भनिएका कार्यक्रम हरु संचालन गर्दै गर्दा सृजित सामग्रीहरुलाई डिजिटल श्रोत सामग्रीको रुपमा अभिलेखन गरेर सुरक्षित तथा वितरण समेत गरिने योजना रहेको छ।

कार्यक्रममा ४० जना सहभागीहरुको उपस्थिति थियो। नेपाली साहित्य समाज क्यालगरी तथा डाँफे स्पोर्ट्स क्लब क्यालगरीको सहकार्यमा गर्न लागिएको यो कार्यक्रम धेरै भन्दा धेरै नेपालीहरु माझ यसलाई पुर्याउनका लागि र सफलता पुर्बक सम्पन्न गर्नका लागि CNCA, TOSS, YCAC, KYCC लगायतका नेपाली सस्थाहरुले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन।

नेपाली कम्युनिटी सोसाइटी अफ क्यालरीका सचिब प्रकाश बस्यालले संचालन गरेको कार्यक्रममा सस्ठाका उपादक्ष्य श्रीकान्त अर्यालले स्वागत मन्तब्य दिनुभएको थियो भने अदक्ष्य समिर पाण्डेले सस्थाले यो बर्ष सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो। प्रोजेक्ट प्रबन्धक डा. बेतमान भण्डारीले यो परियोजनाको आवस्यकता र उधेश्य को बारेमा प्रकाश पर्नु भएको थियो।

साथै कार्यक्रम संयोजक युवराज पौडयालले अब संचालनमा आउने ९ वटा कार्यक्रमको जानकारी दिए । संस्थाका बोर्ड ओफ डिरेक्टर डा.गोपालदत्त भट्टले यसमा सहभागी हुन, स्वयम सेवक तथा मेंटर को रुपमाको रुपमा आबद्धता जनाउन र आफुले चिनेजानेको साथी भाइ तथा परिवारजनहरुलार्इ यो जानकारी दिन अनुरोध गरेका छन्। यो परियोजना नेपाली कम्युनिटी सोसाइटी अफ क्यालरीको इतिहासमै एउटा ‘शोकेश’ कार्यक्रम बन्ने परिकल्पना गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।