१४ माघ २०७९, शनिबार

Jan 28, 2023

लमजुङ । जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् । सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।

Advertisement

त्यस्तै जिल्ला अस्पतालमा आव २०७६÷७७ मा एक हजार १२३ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये ८६६ सामान्य, १६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आव २०७५÷७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो । सोमध्ये ८२९ सामान्य, १२४ शल्यक्रिया र ५८ ले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

त्यस्तै आव २०७४÷७५ मा एक हजार ३२२ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये एक हजार ५२ सामान्य, १६९ शल्यक्रिया र १०१ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पतालमा आव २०७४/७५ देखि २०७७/७८ सम्म चार हजार ६२७ ले सो सेवा लिएका छन् । यीमध्ये सामान्य प्रसूति सेवा तीन हजार ६३५, शल्यक्रिया गर्नुपर्ने ६५४ र जटिल किसिमको प्रसूति सेवा ३३८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ ।

विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ । यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन् । अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम