ताजा अपडेट »

भैरहवा विमानस्थलमा आकर्षण,फोटो खिच्नेको लाइन

आइतबार, १० साउन २०७८, ११ : २०
10 Shares

भैरहवा । पारिलो घाममा सफा र हराभरा देखिने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मान्छेहरूको ओहोर-दोहोर बाक्लिदै गएको छ । सडकबाटै स्पष्ट देखिने ठूला र भब्य आकर्षक भवनले भैरहवा लुम्बिनी–तौलिहवा सडक खण्डमा हिँड्ने जो कोहीको पनि ध्यान खिच्ने गर्दछ । पैदल हिँड्दै गरेका हुन् वा निजी सवारी साधनमा सबैले त्यो बाटो हिँड्दा फोटो नखिची छाड्दैनन् । त्यहाँ कसैले फोटो खिच –खिच भनेर जबरजस्ती गर्दैन, तर मान्छेको मन हो नयाँ र आकर्षक ठाउँ देख्नासाथ हरेक मान्छे जो त्यो बाटो हिंडिरहेको छ त्यसको मनले भन्छ, ‘ए मान्छे एक पटक फोटो त खिच ।’

भैरहवा लुम्बिनी सडकमै जोडिएको निर्माणाधिन मुख्यद्वार नजिकैबाट विमानस्थलका भवनहरूको तस्वीर खिँच्दै गरेका मनोज क्षेत्रीले भने–‘भैरहवाबाट लुम्बिनी जाने आउने बेला यो एअरपोर्टको फोटो खिचिहाल्ने मन लाग्छ । म जति पटक यो बाटो ओहोरदोहोर गर्छु त्यति पटक कहिले क्यामेरामा त कहिले मोबाइलमा फोटो खिच्ने गरेको छु । मसँग धेरै फोटो, अलग अलग समयको छ ।’

मनोजले झै क्यामेराले फोटो नखिचे पनि उक्त सडकबाट ओहोरदोहोर गर्ने हरेक मानिसले मोबाइलले पनि ती भवनहरूको फोटो खिच्न लाइन नै लाग्ने गर्दछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले भने–‘फोटो खिच्ने, भिडियो खिच्नेहरूको कारण काममा समेत डिस्ट्रब भयो ।’ निर्माणाधिन मूलद्वार नजिकै अनुमति लिएर मात्रै फोटो खिच्नुहोला भनि सूचना समेत राखिएको छ । यसरी सूचना नै टाग्नु पर्ने गरी फोटो तथा भिडियो खिच्ने कामलाई समेत नियन्त्रण गर्नुपर्ने अवस्थाले समेत विमानस्थल कति आकर्षक बन्दै होला भनि सबैले सहजै अनुमान लगाउन सक्छन् ।-नरेश केसी

https://www.globalaawaj.com/archives/123555
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।