१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् । मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए । प्रक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।

त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ब्राउन सुगरसहित युवक र युवती पक्राउ लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ