२३ असार २०७९, बिहीबार

Jul 7, 2022

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ । समितिले आर्थिक वर्ष २०७७/७८ मा १२२ मध्ये ८६ वटा मुद्दा फछ्र्योट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुंग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एंव उपप्रमुख ओमकुमारी महतो बताए ।

Advertisement

उनका अनुसार समितिमा गालीबेइज्जती, चौपाया तथा हराएको सामान पाएको, सम्बन्धविच्छेद, कुलो, पानी पधेँरो, साँध, आली धुर, लेनदेनजस्ता मुद्दा परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा ३५ वटा मुद्दा परेकोमा गत आर्थिक वर्षमा १२२ मुद्दा दर्ता भएको समितिले जनाएको छ । “गत आर्थिक वर्षमा दर्ता भएको १२२ मुद्दामध्ये ८६ वटा फछ्र्योट भइसकेको र बाँकी ३६ वटा मुद्दा फछ्र्योट गर्ने प्रक्रियामा रहेको छ”, संयोजक महतोले भने, “अधिकांश मुद्दा सहमतिबाट नै किनारा लगाइएको छ ।” प्रक्रियामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्दा मात्रै माथिल्लो न्यायिक तहमा पठाउने गरेको उनको भनाइ छ ।

समितिमा उजुरी परेका विषयमा वडास्तरमा नै मेलमिलाप गर्न पहल गर्ने उल्लेख गर्दै उनले वडामा मेलमिलाप हुन नसकेको अवस्थामा मात्रै समितिले ती मुद्दाको विषयमा छिनोफानो गर्ने गरेको बताए । समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जीतको अनुभूति हुने गरी मेलमिलाप गराइने भएकाले मुद्दाको चाप बढ्न थालेको उनको भनाइ छ ।

न्यायिक समिति सञ्चालनमा आएपछि न्यायमा सामान्य नागरिकको पहुँचमा वृद्धि भएको बताउँदै उहाँले स्थानीय नागरिकको न्यायमा पहुँच पुर्याउने उद्देश्यका साथ न्यायिक समितिले काम गर्दै आएको छ भने । विभिन्न समस्याका बीच न्यायमा जनताको विश्वास कायम राख्न सक्नु नै महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ छ । समितिमा मुद्दा आएलगत्तै तत्काल त्यसको निराकरणमा आफ्नो नेतृत्वमा मेलमिलापकर्तालाई सक्रिय बनाइ न्यायमा प्रतिकूल पार्ने खालका कुनै पनि काम हुनबाट रोक्ने गरेको प्रमुख महतोले बताए ।

समितिमा आउने मुद्दामध्ये श्रीमान्–श्रीमतीबीचको विवाद, पारिवारिक झैझगडा तथा साँध सीमानासम्बन्धी विवाद बढी हुने गरेका बताउँदै उनले गत आर्थिक वर्षमा श्रीमान्–श्रीमतीबीचको विवादका ३९ मुद्दा परेको जानकारी दिए । तीमध्ये ३१ मुद्दामा दुवै पक्षलाई एकै ठाउँमा राखेर मेलमिलाप गराएको र बाँकी आठ मुद्दा प्रक्रियामा रहेको नगरपालिकाकी मेलमिलाप सहजकर्ता सरिता केसीले जानकारी दिए ।

–––

प्रतिकृया दिनुहोस्

Flash News

मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग