ताजा अपडेट »

रोटरी रुपन्देहीको १०औं पदस्थापन

शनिबार, ०९ साउन २०७८, १९ : ५०
4 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको १०औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार एक समारोह बीच क्लबको दशौं पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२०/२१ का अध्यक्ष गौतम भुसाल नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष रामप्रसाद खरेल लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका हुन् ।

पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल –भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट जितेन्द्र बहादुर राजभण्डारीको प्रमुख आतिथ्यता र क्लबका वर्तमान अध्यक्ष रामप्रसाद खरेल अध्यक्षतामा भएको हो ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले ९ वर्ष अगाडि रुपन्देहीको तिलोत्तमामा स्थापित क्लबले रोटरी अन्तराष्ट्रियको मापदण्डमा रहेर विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । पदस्थापन समारोहमा वर्ष २०२०/२१ का अध्यक्ष गौतम भुसालले वर्ष २१/२२ का अध्यक्ष रामप्रसाद खरेललाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्याम्मर हस्तान्तरण गरेका थिए ।

पदस्थापन कार्यत्रममा प्रमुख अतिथि राजभण्डारीले क्लबका अध्यक्ष रामप्रसाद खरेल लाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । त्यस्तै कल्वका असाईन एसिष्टेण्ट गभर्नर राज कुमार गुप्ताले बर्ष २०२१/२२का नयाँ पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पश्चात क्लवका अध्यक्ष राम प्रसाद खरेलले क्लबको ४४४औं बैठकको आह्वान गर्दै सञ्चालन गरेका थिए ।

पदस्थापन समारोहमा पत्रकार सञ्जु पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उनलाई रोटरीले स्थापना गरेको ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ बाट सम्मान गरिएको हो । अन्तराष्ट्रिय पत्रकारीता दिवशको दिनमा प्रदान गर्नेगरि तय गरीएको यो पुरस्कार, कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा उक्त दिन घोषणा मात्र गरीएको थियो । कान्तिपुर दैनिकमा कार्यरत पौडेललाई रोटरी क्लब अफ रुपन्देहीका निर्वतमान अध्यक्ष गौतम भुसाल, इमिडियट पास्ट लेडी श्रृष्टि अधिकारी र रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट जितेन्द्र बहादुर राजभण्डारीले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै नगद रु ११ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरि पुरस्कृत गरेका थिए ।

सो अवसरमा क्लबका निर्वतमान अध्यक्ष गौतम भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एकजना पत्रकारलाई हरेक वर्ष सम्मान गरिने बताए। यो पुरस्कार क्लवका निर्वतमान अध्यक्ष भुसालले आफ्ना स्व. हजुरबुबा र हजुरआमा को स्मृतिमा रोटरी क्लव अफ रुपन्देहीले प्रदान गर्नेगरि स्थापना गरेका हुन ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष भुसालले कोरोना महामारीका कारण क्लबले बर्ष २०२०–२१मा निर्दिश्ट गरेका पूर्ववतः योजना कार्यान्वयनमा अप्ठ्यारो परेपनि महामारीमा सक्रिय भूमिका खेल्दै सामाजिक दायित्व पूरा गरेको बताए । साथै महामारीका बीच पनि क्लवले बर्ष २०२०–२१मा गरेका गतिबिधिहरुको जानकारी गराउदै लक्ष्य पुरा गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरे ।

समारोहमा क्लबका वर्तमान अध्यक्ष रामप्रसाद खरेलले सामाजिक कार्यमा सबै मिलेर सहयोग गर्नुपर्ने बताउँदै आगामी कार्यकाललाई थप सक्रिय र रचनात्मक बनाउने प्रतिवद्धता गरे । उनले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य गर्नुपर्ने बताए ।

समरोहमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालका पास्ट डिष्ट्रिक्ट गभर्नर तथा डिष्ट्रिक्ट ट्रेनिङ कमिटी चेयर सञ्जय गिरी, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का असिष्टेण्ट गर्भनर तथा क्लबका असाइन एजी राजकुमार गुप्ता, ईमिडीयट पाष्ट ए.जी. ध्रुवकुमार धिताल, तिलोत्तमाका नगरपालिकाका नगर प्रवक्ता सुरेन्द्र श्री, क्लबका पास्ट प्रेसिडेण्ट सुरज खत्री,गोपाल न्यौपाने, राजकुमर पाण्डे, रोटरी क्लव अफ बुटवल साउथका निर्वतमान अध्यक्ष प्रेम भुर्तेल लगाएतले सम्बोधन गरेका थिए ।

पदस्थापन समारोहमा क्लबका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । समारोहमा क्लबका पास्ट प्रेसिडेण्ट देवानन्द पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने क्लवका प्रेसिडेण्ट ईलेक्ट रिषीराम भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम क्लवका सचिव विक्रम रिजालको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।