ताजा अपडेट »

रोट्रयाक्ट क्लब बुटवलमा राजु पुन

शनिबार, ०९ साउन २०७८, १९ : १९
4 Shares

बुटवल । रोट्याक्ट क्लब अफ बुटवलमा नयाँ कार्यसमिती लाई पद हस्तान्त्रण गरिएको छ । योगिकुटीमा रहेको होटल पौवामा एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण, स्थापना दिवश र धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष सुमन अधिकारीले नवनिर्वाचित अध्यक्ष राजु पुन मगरलाई पद हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै २०२०/२१ का अध्यक्ष अधिकारीले आफुले गरेका कार्यक्रमको बारेमा समिक्षा गर्दै कारोना महामारीको कारणले चाहेजसरी काम गर्न नसकेको बताउँदै आफ्नो कार्यकाल अवधीमा जम्मा १९ वटा कार्यक्रम सम्पन्न गरेको समेत जानकारी गराएका थिए भने कार्यक्रम सम्पन्न गर्नको लागि साथ र सहयोग गर्ने सबै क्लबका मेम्बरलाई मायाको चिनोका साथै धन्यवनद ज्ञापन गरेका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष पुनले कार्यक्रममा बोल्दै आफ्नो कार्यकाल अवधिमा क्लबका पुराना कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यहरु गर्दै क्लबको उचाइलाई थप माथी पुर्याउने प्रतिवद्वता व्यक्त गरेका थिए भने सम्पूर्ण सदस्यहरुलाई साथ र सहयोगको लागि आव्हान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रोटरी आर.आई. डिष्ट्रिक ३२९२ नेपाल भुटानका नोमिनी डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिहरुमा रोटरी आर.आई. डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेन्ट गभर्नर राजेन्द्र कार्की यसैगरी रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका इलेक्टे«ड डि.आर.आर. रोट्याक्टर लक्ष्मण खरेल त्यस्तै रोट्रयाक्ट क्लब अफ बुटवलका संस्थापक अध्यक्ष बोनिन पिया, यसैगरी क्लबको स्पोन्सर क्लब रोटरी क्लब अफ बुटवलका वर्तमान अध्यक्ष तारा प्रसाद उपाध्याय लगाएत अतिथिहरुमा रोट्याक्ट क्लब अफ बुटवलका संस्थापक पधादिकारी र पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
.
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले क्लबका नवनिर्वाचित अध्यक्ष राजु पुन मगरलाई बधाई दिदै थप क्रियाशिल ढंगले कार्यक्रमहरु गर्न आग्रह गरेका थिए भने क्लबका लागि आफुहरुले जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको बताएका थिए । नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजु पुनले उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो पदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

क्लबका निर्वाचित अध्यक्ष नवराज भण्डारीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नवनिर्वाचित कोषध्यक्ष भेषराज पोखरेलले अध्यक्षको परिचय प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुस्मिता श्रेष्ठले गरेकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।