ताजा अपडेट »

थप ३ हजार ११४ जनामा संक्रमण, १६ जनाको मृत्यु

शनिबार, ०९ साउन २०७८, १७ : ४७
10 Shares

बुटवल । गत २४ घण्टामा देशभर ३ हजार ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ६२५ र एन्टिजेन विधिबाट ४ हजार २८५ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ।

सोही अवधिमा २१९७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।