ताजा अपडेट »

तिलोत्तमामा २० करोड निजी लगानीमा आधुनिक कृषि बजार केन्द्र

शनिबार, ०९ साउन २०७८, १७ : ४२
10 Shares


बुटवल । रूपन्देहीको तिलाेत्तमा नगरपालिकामा निजि क्षेत्रकाे लगानीमा आधुनिक कृषि उपज थाेक बजार केन्द्र स्थापना गरिने भएकाे छ । १ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ आज तिलाेत्तमा ५ मणिग्राममा लुम्बिनी कृषि उपज थाेक बजार केन्द्रकाे शिलान्यास गरिएकाे छ ।

याे थाेक बजार केन्द्रकाे तिलाेत्तमा ५ का बडा अध्यक्ष चेतनारायण आचार्य र कृषि थाेक बजार केन्द्रका अध्यक्ष भिमकान्त पन्थीले संयुक्त रूपमा उदघाटन गरे । करिव २० कराेड रूपैयाकाे लागतमा निर्माण सम्पन्न गरिने याे बजार केन्द्रमा १ सय ७५ वटा आधुनिक सटर निर्माण गररिने थाेक बजार केन्द्रका अध्यक्ष पन्थीले जानकारी दिए । उनले याेबजारले कृषि उपजकाे बजारीकरण गर्न र स्थानिय तथा विभिन्न ठाउकाे कृषि उपजसंकलन र विभिन्न ठाउमा पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।

बडा अध्यक्ष चेतनारायण आचार्यले याे बजार केन्द्र तिलाेत्तमा नगरकाे गहनाकाे रूपमा रहने भएकाेले आवश्यक सहयाेग गर्न नगरपालिका पछि नपर्ने प्रतिवद्वता व्यक्त गरे । याे आधुनिक कृषि उपज थाेक बजारकाे स्थापनाले स्थानिय किसान र कृषि ब्यवसायी प्रत्यक्ष लाभान्वित हुनेछन भने सयाैले प्रत्यक्ष राेजगार समेत पाउने संस्थाका संचालक माेहम्मद याकुव वताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।