ताजा अपडेट »

बसको छतमा शव भेटियो

शुक्रबार, १७ साउन २०७६, १४ : ५३
8 Shares

साउन १७,
बुटवल । बुटवलको नयाँ बसपार्कमा एक युवक मृत अवस्थामा भेटिएका छन् । गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसपार्कमा रोकिराखेको बसको छतमा मृत अवस्थामा भेटिएका हुन् ।

गत २ साउनदेखि बसपार्कमा पार्किङ गरी राखेको लु १ ख ६१३७ नम्बरको गाडीको छतमा सडेको अवस्थामा शुक्रबार शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।  ‘शव कुहिएको अवस्थामा छ’ भट्टराईले भने, ‘अनुसन्धान अगाडि बढाइएको छ ।’ थापाको शव लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।