ताजा अपडेट »

४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव

शनिबार, ०९ साउन २०७८, ११ : २६
2 Shares

बेरूत । लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ ।

यूनिसेफका अनुसार लेबनान्मा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, ईन्धन र क्लोरीन र स्पेयर पार्ट्स जस्ता आपूर्तिको अभावका कारण आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ ।

“लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भने , “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण बिद्युतको अभाब र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ । यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ ।”

युनिसेफले सार्वजनिक खानेपानी प्रणाली बिग्रिएमा निजी खानेपानी आपूर्तिकर्ताको लागि पानी जम्मा गर्दा महिनामा पानीको लागत २०० प्रतिशतले बढ्नसक्ने बताएको छ ।

रासस
लेखकको बारेमा
रासस