ताजा अपडेट »

एक दिवसीय क्रिकेट:ब्याटिंङमा नेपाल, पहिलो ओभरमै गुम्यो विकेट

शुक्रबार, ११ माघ २०७५, ०६ : १५
10 Shares

माघ ११,युएई र नेपालबिचको पहिलो एक दिवसीय खेल सुरु भएको छ । खेलमा नेपालले टस हारेर ब्याटिंग सुरु गरेको छ  ।

नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ  । ज्ञानेन्द्र मल्ल शुन्य रन मै आउट भएका छन्  ।  पहिलो ओभरको चौथो बलमा मल्ल आउट भएका हुन्  ।

नेपाली टिममा आज ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, पारस खड्का, सोमपाल कामी, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, ललित राजबंशी, बसन्त रेग्मी र पवन शरफ रहेका छन्   ।

नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो ।

उक्त प्रतियोगिताका सहभागी खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।

नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।