ताजा अपडेट »

तिलोत्तमाका १४ सहित रुपन्देहीमा थपिए ३३ संक्रमित

शुक्रबार, ०८ साउन २०७८, १६ : ४५
6 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ३७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र कन्चन गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३२ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।