१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्दन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो । उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिब रु ५३ लाख लागेको हो ।

Advertisement

भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । परम्परागतरुपमा भैँसीपालन गर्दै आएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैँसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवद्र्धन कार्यक्रम राखिएको उनले बताए ।

“परम्परागतरुपमा भैँसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिकस्तर सुधार्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”, उनले भने, “पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप व्यावसायिकतातर्फ ऊर्जा तथा उत्प्रेरणा थपिनेछ ।”

नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैँसी खरिद गरेको पशु शाखाका प्रमुख डा वसन्तकुमार अधिकारीले बताए । हाल तीन वडामा सञ्चालन भएको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई र केही कृषकले एउटाका दरले भैँसी खरिद गरेका डा अधिकारीले जानकारी दिए । परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकलाई व्यावसायिकतामा जोड दिन नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार कार्य अगाडि बढाएको हो ।

“कृषकको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छौँ”, डा अधिकारीले भने, “यसका अलावा समयानुसार तालिम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरण सहयोग गरिएको छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

वैचारिक कम्यूनिष्ट पार्टी बनाउन समाजवादीले नेतृत्व गर्छ : खतिवडा अर्थमन्त्री पौडेलले जारी गरे कम्तिमा साढे २४ अर्ब बचाउने निर्देशिका (पूर्णपाठसहित) अन्तर मावि दौड : आयोजक देवदह माविका सन्तु थापा पहिलो मणिमुकुन्द रनिङ शिल्ड भलिबल माघ २४ देखि, ४ प्रदेशका ११ समूह भिड्दै लुम्बिनी प्रदेशमा १० मन्त्रालय रहने होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन “बापू”को आगमनले उत्साहित लुम्बिनीका व्यवसायी, ९० प्रतिशत होटल बुक पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू अन्तर बैंक एटीएम शुल्क घट्याे क्यान बोर्ड बैठक- अध्यक्षसहित पाँच जनाको राजीनामा माग्दै सात केन्द्रीय सदस्यले छाडे बैठक कक्ष फैसलाको पूर्णपाठ आएपछि मात्र माओवादीले गृहमन्त्रीबारे निर्णय गर्ने माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा नेतृत्वप्रति वितृष्णा कथनी र करनी बीचको अन्तरको प्रतिफल एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले साझेदारमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री