१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ । सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया शुरु भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो । यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

Advertisement

गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका–४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो । गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहिनन् । जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आएका थिए । निङ्माका श्रीमान् पेम्बा बेपत्ता भएको २२ वर्ष पछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गरेका छन् । श्रीमान्का नाममासमेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलाहेको उनको दुई छोरीको विवाह गरेपछि घरमा एक्लै भएका छन् ।

उनको आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो । सुकुम्बासीमुक्त पालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराइदिएपछि उनी अहिले दङ्ग परेकी छिन् । आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताए ।

गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्याङ्क वडा कार्यालयमार्फत सङ्कलन कार्य भइरहेको चोङपाङले बताए । आफ्नो नाममा जमिन नभएका स्थानीयवासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताए । त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उनले बताए ।

सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताईन् । सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयवासी फूर्वा ग्याल्जेन शेर्पाले बताए । उनलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ । “तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो”, उनले भने, “अब त मेरो नाममा पनि जग्गा छ ।” बाजेले जमिन बेचेर खाएपछि उनको परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो । साहुको चार रोपनी अधियाँ कमाएर उनले छ जनाको परिवार पालिरहेका थिए ।

बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो । वडा नं ५ र ६ का सुकुम्बासीले चार÷चार रोपनी र अन्य वडाकालाई दुई÷दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो । उनीहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले जहाँ बस्दै आएका छन्, त्यहीँको जग्गा खरिद गरेर दिएको तुम्बापोको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

ब्राउन सुगरसहित युवक र युवती पक्राउ लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ