ताजा अपडेट »

अब खेलकूद पुर्वाधार विकासको पालो रुपन्देही: सदस्य सचिव वली

शुक्रबार, ०८ साउन २०७८, १४ : १६
8 Shares

बुटवल । लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव भिम वलीले खेलकुद पुर्वाधार विकास गर्नेपालो रुपन्देही भएको बताएका छन।

कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकूद पुर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए। रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ औँ नियमित बैठकमा उनले ब्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट सहयोग गर्न जरुरी रहेको बताए।

आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दा नेपालगंजमा ५१ करोड र भौतिक पुर्वाधारमा मात्र ८५ करोड लगानी भएको भन्दै उनले लुम्बिनी प्रदेश ईतिहास रच्न सफल भएको बताए। प्रत्येक वर्ष २र२ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बिस २०३८, ४० र ४२ सालपछि निरन्तरता पाउन नसकेको अवस्थामा ३३ वर्षपछि ०७५ वर्षमा गरेको उनले बताए ।

खेलाडीको उमेर अनुसारको छनौटका विधिलाई पारदर्शी र वैज्ञानीक रुपमा अघि बढाउने उनले बताए। लुम्बिनी प्रदेशको पाच जिल्लामा फरकफरक खेल प्रतियोगिता गरेको उनले बताए । आठौको बेला रुपन्देहीको एन्फा कम्प्लेक्स, लनटेनिस, क्रिकेटमा मैदानमा समेत गरि ३ करोड बढि लगानी भएको उनले बताए ।

क्लबका अध्यक्ष जविन कक्षपतिले खेलकूद गतिविधिसंगै पुर्वाधार विकासलाई संगसंगै लैजानुपर्ने बताए। नेतृत्वबाट नै पहुच र बलको आधारमा खेलाडी छनौट गर्ने गलत परिपाटीलाई अन्त्य गर्न समेत उनले सुझाव दिए।

क्लबका सचिव बाबुराम बेल्बासे, कोषाध्यक्ष भानु खत्री, क्लबका पुर्व अध्यक्ष भिम श्रेष्ठ, वर्ष ०२१/२२रोट्याक्ट क्लब अफ डाउनटाउनका अध्यक्ष राम बेल्बासेले संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको बताए । फुटसल, क्रिकेट, ब्याडमिन्टन कार्यक्रमहरु क्लबहरुको बिचमा आयोजना गरेर निरन्तर भातृत्व गराउने काम गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।