ताजा अपडेट »

एमाले उपाध्यक्ष रावलले प्रतिनिधिसभामा दिएको राजीनामा फिर्ता

शुक्रबार, ०८ साउन २०७८, १३ : ११
6 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आज विहान सभामुख अग्नि खरेललाई भेटेर पार्टी र जनताको आग्रहलाई स्वीकार गर्दै आफूले राजीनामा फिर्ता लिनु परेको उनले बताए ।

रावलले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास दिने विषयलाई लिएर राजीनामा दिएका थिए । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका हुन् । उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन् । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।