२३ असार २०७९, बिहीबार

Jul 7, 2022

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका वेनी नगरपालिका–२ बगरफाँटका कृषक दुर्गाबहादुर थापाले बताए ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवाँरो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्कीले केराका बोट नपसाउँदै सुक्न थालेपछि आफू चिन्तित भएको बताए । उनले सात रोपनी क्षेत्रफलको जग्गामा केराखेती गरेका छन् । खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको कृषक कार्कीको भनाइ छ ।

्यहाँका किसानले धान फल्ने खेतमा केराखेती शुरु गरेका हुन् । शुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले व्यावसायिक केराखेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध