ताजा अपडेट »

जसपा पश्चिम नवलपरासीको विवाद चर्किदैँ, अध्यक्षमा तीन जनाको दावी

शुक्रबार, ०८ साउन २०७८, १० : ३७
6 Shares

परासी । जनता समाजवादि पार्टी पश्चिम नवलपरासीको आधिकारीक समिति को भन्ने विवाद चर्किदै गएको छ । जसपाको लुम्बिनी प्रदेश समायोजन कार्यदलले यसअघि वरिष्ठ नेता रहेका धरेन्द्र यादवलाई अध्यक्ष चयन गर्दै नयाँ जिल्ला कार्यकारीणी समिति पुर्नसंयोजन गरेपछि अहिले जसपामा आन्तरिक विवाद बढ्दै गएको छ ।

धरेन्द्र यादवलाई अध्यक्ष चयन गरेकोमा आपत्ति जनाएको अर्का अध्यक्ष मुकुरजी गिरी समूहले पुनःसंयोजनका क्रममा यादव समूहमा राखिएका ८ जनाले आफूहरु उक्त समितिमा नरहेको भन्दै गिरी समुहमै रहेको विज्ञिप्ती मार्फत जनाएका छन् ।

एकलौटी रुपमा गैरकानुनी तवरले यादवलाई अध्यक्ष बनाईएको भन्दै कोषाध्यक्षबाट वरिष्ठ नेता बनाईएका हरि नारायण चौधरी सहित जिल्ला कार्यकारणी समितिमा रहेका अनिरुद्र गौड, रामाज्ञा पाण्डे, जोग कुमारी चौधरी, राधेश्याम गौड, अगंद सहानी, नन्दकिशोर पंजियार र रामेश्वर केवटले यादव समुहमा नरहने स्पष्ट पारेका छन् ।

गत वर्षको चैत्रमा केन्द्रको समायोजन कार्यदलले पार्टीको विधान र निर्देशिका अनुसार मुकुरजी गिरीको अध्यक्षतामा जिल्ला कार्यकारीणी समिति गठन गरेको र यादव नेतृत्वको समिति अमान्य रहेको भन्दै विज्ञप्ती जारी गरेका हुन् । जसपा पश्चिम नवलपरासीमा अहिले तीन जना अध्यक्ष देखिएका छन् । यसअघि गिरी नेतृत्वको समिति प्रति असन्तुष्टि जनाउँदै विजय अग्रहरीले आफ्नो अध्यक्षतामा समानान्तर कमिटि घोषणा गरेका थिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल